साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

0 Prakash Kharel

प्रहरीले साइबर ब्यूरोको लोगो दुरुपयोग गरी फेसबुकमा नक्कली पेज बनाउने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको साइबर ब्यूरोले कपिलवस्तु वाणगंगा नगरपालिका २ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका बस्ने १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नक्कली पेजको म्यासेञ्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधानकार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने गरेका थिए । पोख्रेलमाथि सर्वसाधारणको अमन चयन र शान्ति सुव्यवस्था कायम गर्न कटिवद्ध भई अहोरात्र खटिने पवित्र संगठन नेपाल प्रहरीको छवीलाई बदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरेको आरोप प्रहरीले लगाएको छ ।

विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको भन्दै ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर रुपन्देही प्रहरीको सहयोगमा गत बिहीबार पोख्रेललाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable