यस्तो बन्यो पोको ब्राण्डको नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ?

0 Prakash Kharel

स्मार्टफोन ब्राण्ड पाेकाेले आफ्नो नयाँ लोगो र मस्कट सार्वजनिक गरेको छ । नयाँ लोगो र मस्कट सुरुवाती चरणमा भारतीय बजारमा निमार्ण हुने पाेकाे फोनमा प्रयोग हुनेछ ।

यसका साथै कम्पनीले नयाँ ट्यागलाइनको रुपमा ‘मेड अफ म्याड’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मस्कट इमोजी जस्तै रहेको छ, जुन नयाँ लोगोको एउटा अंश हो ।

सन् २०१८ मा साओमीको सब–ब्राण्डको रुपमा स्मार्टफोन बिक्री सुरु गरेको पाेकाेले ग्राहकलाई सहुलियत मूल्यमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ । कम्पनीले गत वर्षदेखि साओमीबाट छुट्टिएर छुट्टै ब्राण्डको रुपमा सेवा सुरु गरेको थियाे ।

कम्पनी छुट्टै भएता पनि स्मार्टफोन उत्पादनका साथै हार्डवेयर भने पोकाेले हालसम्म साओमीकै प्रयोग गर्दै आएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable