ह्वाट्स एपले सेवा सर्तको विवादास्पद परिवर्तन अघि बढायो

0 Prakash Kharel

परिवर्तित गोपनीयता सर्तका कारण आलोचित बनेको मेसेजिङ एप ह्वाट्सएपले सेवा सर्तमा गरिएको आफ्नो विवादास्पद परिवर्तनलाई अघि बढाउने भएको छ । तर यस विषयमा प्रयोगकर्तालाई सूचित गर्ने तरिकामा चाहिँ फरकपना ल्याउँदैछ ।

प्रयोगकर्तालाई एप प्रयोगका लागि डाटा शेयर गर्नुपर्ने सर्त मान्नैपर्ने नयाँ नीतिलाई बाध्यकारी बनाइएको घोषणा गत जनवरीमा ह्वाट्सएपले गरेको थियो । त्यसयता दशौँ लाख प्रयोगकर्ताले ह्वाट्सएप छाडेर अन्य प्रतिस्पर्धी मेसेजिङ एपहरु डाउनलोड गरिसकेका छन् ।

उक्त घटनाबाट चिन्तित बनेको ह्वाट्सएपले गलत सूचनाका कारण पीडित बनेको टिप्पणी गरेको थियो । त्यसैले गोपनीयता नीति सम्बन्धी प्रयोगका सर्तमा गरिएको परिवर्तनलाई सही ढंगमा प्रतिविम्बित गरेर आम प्रयोगकर्तालाई सही सूचना प्रदान गर्ने नयाँ तरिका अपनाउन लागेको उसले जनाएको छ ।

यसअघि ह्वाट्सएपले प्रयोगकर्तालाई नीति परिवर्तनको सूचना दिँदा चेतावनीयुक्त पदावली भएको मेसेज पठाएको थियो । त्यसले प्रयोगकर्तालाई त्रसित बनाएको थियो । ह्वाट्सएपले प्रयोगकर्ताका सबै डाटाहरु फेसबुकसँग सेयर गर्छ भन्ने आम प्रयोगकर्ताको डर थियो ।

तर वास्तविक रुपमा ह्वाट्सएपको नयाँ नीतिपछि पनि फेसबुकसँग गरिने डाटा सेयरको मामिलामा भएको परिवर्तन निकै कम छ । वास्तवमा त्यसअघि पनि सबै प्रयोगकर्ताले ह्वाट्सएपका डाटा शेयर गर्ने सर्त पालना गरिसकेका हुन्थे ।

नयाँ परिवर्तनप्रति प्रयोगकर्तामा देखिएको आशंका हटाउनका लागि ह्वाट्सएपले आगामी हप्ताहरुबाट एपभित्रै ब्यानर अलर्ट प्रस्तुत गर्नेछ ।

त्यसले प्रयोगकर्तालाई ह्वाट्सएपको नयाँ अपडेट के हो र यसबाट कुनकुन कुरा परिवर्तन हुन्छन् अनि के कुरा यथावत रहन्छ ? भन्ने तथ्य बुझ्न सहयोग गर्नेछ ।

साथै ह्वाट्सएपको स्टाटस खण्डमा नयाँ अपडेटसँग सम्बन्धित जानकारी सम्बद्ध सन्देशहरु प्रेसित गरिन्छ । आगामी मे १५ देखि नयाँ अपडेट लागू हुने बताइएको छ ।

ह्वाट्सएपका अनुसार फेसबुकसँग सेयर गरिने डाटाहरुमा मेसेज, ग्रुप तथा कलिंग विवरणहरु समावेश हुनेछैनन् ।

ह्वाट्सएपले प्रयोगकर्ताका आईपी एड्रेस, फोन नम्बर सम्बन्धी विवरण तथा उक्त प्लाटर्फमबाट गरिएको किनमेलका विवरणचाहिँ यसअघि देखि नै फेसबुकसँग सेयर गर्दै आएको छ । यद्यपि फरक गोपनीयता कानुन रहेको युरोपेली युनियन सम्बद्ध मुलुकहरु तथा बेलायतमा चाहिँ ह्वाट्सएप प्रयोगकर्ताका यस्ता डाटाहरु समेत फेसबुकमा सेयर हुँदैनन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable