सरकारी कर्मचारीको सञ्चय कोष र पेन्सनको रकम अब सिधै खातामा जम्मा हुने

0 Prakash Kharel

अब नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तिभरण कोष र सापटी भुक्तानी रकम विद्युतीय माध्यमबाट तत्कालै (रियल टाइममा) व्यक्तिगत खातामा जम्मा हुने भएको छ ।

त्यसका लागि महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषको सहकार्यमा विद्युतीय सरकारी लेखा प्रणाली सञ्चालनमा आएको छ । यसको सुरुवात मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रुपमा बुधबार गरेका छन् ।

यो प्रणालीको कार्यान्वयनबाट कारोबारको वास्तविक समयमै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुनेछ । यसले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने, घटबढ दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने लगायतका समस्या समाधान हुने उल्लेख गरिएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै कोषका अध्यक्ष रामशरण पुडासैनीले यो प्रणालीको विकासले सरकारी लेखा प्रणालीको सुधारमा ईटा थप्ने काम गरेको बताए । उनले सञ्चयकोष रकम कारोबारको वास्तविक समयमै सञ्चयकर्ताको खातामा दाखिला हुने भएकाले सञ्चयकर्ताले छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने बताए ।

यसैगरी सोही कार्यक्रममा बोल्दै महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीले सरकारको डिजिटल गभर्नेन्स कार्यान्वयनमा ठूलो सहयोग पुग्ने बताए । सरकारको संघीय तथा प्रदेश सेवा अन्तर्गतका निजामती, प्रहरी र जंगीतर्फ करिब २ लाख ७५ हजार सञ्चयकर्ता यस प्रणालीबाट लाभान्वित हुनेछन् ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable