करिब ८० अंक घट्दै २५०० विन्दुभन्दा तल नेप्से

0 Prakash Kharel
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल झरेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २५५४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७९.७४ अंक अर्थात ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १४.५३ अंक घटेर ४४७.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ५.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६८ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ। गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्रै बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.५४ प्रतिशत बढेको हो। यस उपसमूह अन्तर्गतको चन्द्रागिरी हिल्सको शेयरमूल्य बढेसँगै परिसूचक बढ्न पुगेको हो। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक ४.१३ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ। भने बैंकिङ्ग, विकास बैंक र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। कम्पनीले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा डाकेपछि कम्पनीको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन्।


आइतबार नेप्से करिब ८० अंक ओरालो लाग्दा चन्द्रागिरी हिल्सको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३७ रुपैयाँ बढेर ४१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम नै रहेको छ।

यस दिन गणपति माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक ७ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रो र अपि पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable