अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार संस्थालाई पैसा दिनु पर्ने कानुन पारित

0 Prakash Kharel

अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ । अष्ट्रेलिया यस्तो कानुन परित गर्नेमा विश्वमै पहिलो देश बनेको छ ।

उक्त कानुनको अमेरिकी प्रविधिसम्बन्धी ठूला कम्पनीले भने विरोध गरेका छन् ।

गतहप्ता फेसबुकले सबै समाचार सामाग्रीहरुमाथि रोक लगाएको थियो र यस हप्ता उसले सरकारसँगको छलफल पछि सो निर्णयलाई उल्टाएको थियो । छलफल पछि उक्त नयाँ कानुनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नवाउने खालका प्रावधान राखिएको छ ।

तर पनि दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई सो कानुनको दायरा बाहिरबाटै ठूलै मात्रामा रकम दिन प्रतिवद्ध भएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable