अनलाइनबाट प्राप्त पुलिस रिपोर्ट अब आफैं प्रिन्ट गर्न सकिने

0 Prakash Kharel
अब प्रहरी प्रधान कार्यालयले अनलाइनमार्फत उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट आफैं प्रिन्ट गर्न सकिने भएको छ । प्रहरीको कार्यलायकाे अपराध अनुसन्धान विभाग, चालचलन शाखाबाट प्राप्त अनलाइन रिपोर्ट आफैं प्रिन्ट गरेर सोझै परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण हुने व्यवस्था मिलाइएको हो ।

यससँगै अब अनलाइनबाट प्राप्त पुलिस क्लिरियन्स रिपोर्ट सेवाग्राही स्वयम‌ले ए फोर साइजको स्तरीय कागजमा कलर प्रिन्ट गरी सोझै परराष्ट्र मन्त्रालयमा पेश गरी प्रमाणीकरण गराउन सक्नेछन् ।

१६ फागुनदेखि अनलाइनबाट प्राप्त पुलिस क्लियरेन्स रिपोर्ट सर्टिफिकेट स्तरीय कागजमा प्रिन्ट गरी प्रमाणीकरणका लागि परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पेश गर्न प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

यसअघि पुलिस रिपोर्टका लागि अनलाइन फाराम भर्न सकिने भए पनि रिपोर्ट लिन प्रहरी प्रधान कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable