लगानी दोब्बर हुने कुमारी इक्विटी फण्डको बिक्री खुल्ला, ढुक्क भएर लगानी गर्नुस् : सीओओ शर्मा

0 Prakash Kharel

लगानीको एक दशकमा दोब्बर हुने कुमारी इक्विटी फण्डको बिक्री शुक्रबारदेखि खुलेको छ । प्रत्येक इकाइको मूल्य १० हुने गरेर ८० लाख इकाइको बिक्री खुल्ला भएको हो । शुक्रबार अर्थात् फागुन १४ देखि बिक्री खुल्ला भएको हो । यसको आवेदन दिने समय छिटोमा फागुन १८ र ढिलोमा फागुन २८ सम्म छ ।कुमारी बैंकको शतप्रतिशत लगानी रहेको कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटी फण्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि ८० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् ।

एक इकाइको मूल्य १० रुपैयाँ राखिएको छ । कुमारी इक्विटी फण्डमा न्यूनतम १ हजारदेखि बढीमा ८० करोडसम्मको आवेदन दिन सकिने छ । आवेदन मेरो सेयर तथा आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिने छ ।

मागभन्दा बढी आवेदन परेको खण्डमा १ अर्बसम्म निष्कासन गर्न सकिने व्यवस्था छ । १० वर्षमा लगानी दोब्बर हुने कोष व्यवस्थापक कुमारी क्यापिटलका प्रमुख संचालन अधिकृत पुष्प शर्मा बताउँछन् ।

‘सानो रकमबाट बढी प्रतिफल चाहने लगानीकर्ताको लागि कुमारी इक्विटी लाभदायी हुन्छ,’ शर्माले भने ।

१० वर्षको अवधीमा लगानीकर्तालाई सो रकम फिर्ता हुन्छ । इक्विटीमा लगानी गर्ने लगानीकर्ताले हरेक वर्ष लाभांश पाउँछन् । १० वर्षपछि इक्विटीले कमाएको रकमबाट लगानीकर्तालाई फाइदासहित रकम फिर्ता हुन्छ ।

सेयर बजारमा जोखिम लिन नचाहनेका लागि सामूहिक लगानी कोष विकल्पको रुपमा हुन्छ । सामूहिक लगानी कोष व्यवस्थापकले राम्रो प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने भएको हुँदा यसबाट बढी फाइदा हुन्छ । यसबाहेक सार्वजनिक निष्कासन (आइपीओ)मा पनि सामूहिक लगानी कोषलाई ५ प्रतिशतको आरक्षण छ । जसले गर्दा सामूहिक लगानी कोषमा हुने लगानी घाटामा जाने गर्दैैन ।

कुमारी इक्विटी फण्डमा लगानीकर्ताले किन लगानी गर्ने यो विषयमा क्लिकमाण्डूले कोष व्यवस्थापक कुमारी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत पुष्प शर्मासँग छोटो कुराकानी गरेको थियो ।

कुमारी इक्विटी फण्ड किन ल्याउनु भएको हो । यसमा सर्वसाधारणले किन लगानी गर्ने ?
कुमारी इक्विटी फण्ड भनेको कुमारी बैंकद्वारा प्रबद्र्धन गरिएको म्युचुअल फण्ड हो । शुक्रबारदेखि यसको बिक्री खुल्ला हुँदैछ । दीर्घकालीन लगानीकर्ताका लागि यो लगानी गर्ने माध्यम हो । हाम्रो न्याव १० रुपैयाँबाट शुरु भएर २२ रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरेका छौ । दोस्रो वर्षदेखि न्यूनतम ८ प्रतिशतभन्दा माथि प्रतिफल दिन सक्छौ । लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुन्छ ।

यसको अर्थ लगानी १० वर्षमा लगानीको दोब्बर हुन्छ होइन ?
१० रुपैयाँ युनिट २२ रुपैयाँ न्यूनतममा पनि पुग्छ भन्ने हाम्रो प्रक्षेपण हो । हामीले ७० देखि ७५ प्रतिशतसम्म इक्विटीमा लगानी गर्छौ । २० प्रतिशत लगानी लगानी फिक्स प्रतिफल आउने क्षेत्रमा हुन्छ । ५ प्रतिशत जति कल तथा अल्पकालीन लगानीका क्षेत्रमा लगानी हुन्छ । हामीले प्रत्येक वर्ष क्रमशः ८, १०, १२, १३, १४, १५, १५ र १५ प्रतिशत गरी प्रतिफल दिने प्रक्षेपण गरेका छौं ।

सामूहिक लगानी कोष नेपालमा शुरु भएको करिब १० वर्ष भयो । बजारमा यसको नकारात्मक बुझाइ छ नि ?
हामीको म्युचुअल फण्डभन्दा अल्पकालीन लगानीकर्ताले अल्पकालीन फाइदा लिने भएको हुँदा यो ओझेलमा परेको हो । आजको दिनमा हेर्ने हो सामूहिक लगानी कोषले गर्ने लगानीले लगानीको प्रतिफल दिएको हुन्छ । व्यक्तिगत लगानीकर्ताले आफै बढी रिस्क लिएर लगानी गर्ने हुँदा उनीहरुको प्रतिफल बढी आउने हुन्छ । हामीले जोखिम न्यूनिकरण गरेर बढी प्रतिफल दिएका हुन्छौ ।

एउटा व्यक्तिले मासिक ५ हजार रुपैयाँ बचाएको हुन्छ भने उसले किन तपाईको म्युचुअल फण्ड किन्ने ?
२ हजारदेखि ५ हजार रुपैयाँले लगानी दोस्रो बजारमा लगानी गर्नका लागि सानो रकम हो । म्युचुअल फण्डले सानो सानो रकमलाई एकीकृत गरेर लगानी गरेको हुन्छ । जसले ३ हजार रुपैयाँ लगानी गरेको हुन्छ उ पनि ब्यूचिप भएका कम्पनीको मालिक भएको हुन्छ । लगानीको विविधिकरण समेत हुन्छ । सामूहिक लगानी कोषमा हुने लगानीले जोखिमलाई न्यूनिकरण गर्ने गर्छ ।

कुमारी बैंकले प्रबद्र्धन गरेको पहिलो सामूहिक लगानी कोष हो । यो ब्याज मात्र खाएर बस्ने हो कि दोस्रो बजारमा पनि लगानी गर्ने हो ?
धितोपत्र बोर्डले बनाएको निर्देशिकाअनुसार हामीले लगानी गर्ने हो । हामीले त्यही निर्देशिका अनुसार मुद्दती निक्षेप, दोस्रो बजारदेखि लिएर विभिन्न क्षेत्रमा लगानी गर्ने छौ ।

तोकिएको समयमा पुरै बिक्छ भन्नेमा ढुक्क हुनुहुन्छ होइन ?
आजको दिनमा म्युचुअल फण्डको दोस्रो बजारको कारोबार हेर्ने हो भने १० रुपैयाँभन्दा तल बिक्री भएको छैन । १५÷१६ सम्म ट्रेडिङ भएको अवस्था छ । हिजोको दिनमा १० रुपैयाँ लगानी गर्नुभयो उहाँहरुको भ्यालु २० रुपैयाँ न्याव भयो भयो भने दोस्रो बजारमा सूचिकृत हुँदाको फाइदा हुन्छ ।

कुमारी इक्विटी फण्ड कसरी किन्न सकिन्छ ?
जसरी सेयरको लागि आवेदन गर्ने हो । त्यहीबाट मेरो सेयरमार्फत आवेदन गर्न सकिन्छ । यो दोस्रो बजारमा सूचिकृत हुन्छ । सूचिकृत भएपछि १० रुपैयाँ युनिटको मूल्य बढ्यो भने त्यही बेला बेच्न सकिन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable