आईपीओको रिजल्ट हेर्न छुट्टै वेबसाइट, अब अन्यत्र चहार्नु नपर्ने

0 Prakash Kharel

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओ हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँट (आईपीओ) को नतिजा हेर्न फरक फरक वेबसाइट चहार्नुपर्ने बाध्यताको अन्त्य गर्दै लगानीकर्ताको डेटा सुरक्षित राख्ने उद्देश्यका साथ यस्तो व्यवस्था गरेको हो ।

सार्वजनिक निष्कासन भएका धितोपत्रको बाँटफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था यस अघिदेखि कार्यान्वयनमा छ ।

त्यसै अनुरुप महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँटको नतिजा उक्त कम्पनी तथा सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई बैंक लिमिटेडको वेबासाइटमा राखिएको थियो ।

तर लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न नसकेपछि सम्पूर्ण लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । जसका कारण मेरो शेयरमार्फत प्रदान गरिने अन्य सेवाहरु समेत प्रभावित हुन पुगेका छन् ।

यस किसिमको अवस्थाको अन्त्य गर्न सार्वजनिक धितोपत्र निष्कासन भएका धितोपत्रको बाँडफाँटको नतिजा हेर्ने सहजताका लागि छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याइएको हो ।

सार्वजनिक निष्कासनको नतिजा मात्र राखिने उक्त पोर्टल सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन हुने गरी उच्च क्षमतामा तयार पारिएको सीडीएससीले जनाएको छ ।

उक्त पोर्टलमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्रको बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुने वित्तिकै सहज रुपमा हेर्न सक्नेछन् । उक्त पोर्टलमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा समेत अपलोड भइसकेको छ ।

आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपीमा गएर आफ्नो नतिजा हेर्न सकिनेछ । बाँडफाँट हेर्ने लगानीकर्ताको चापका कारण मेरो शेयरमा समस्या आएपछि ईडीआईएस सेवा प्रभावित भएको छ ।


जसले गर्दा फागुन १३ गते कारोबार भएर १६ गते हुने राफसाफ तथा फर्छ्यौट हुने कारोबारको ईडीआईएस प्रविष्टि गर्ने समयावधी १६ गते बिहान ७ बजेसम्मका लागि कायम गरिएको बताइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable