मोबाइलका लागि नयाँ पब्जी गेम आउँदै, कस्ता छन् त फिचर ?

0 Prakash Kharel

‘पब्जी : न्यु स्टेट’ को नाम सहित माेबाइलका लागि नयाँ गेम खेल्न पाइने भएकाे छ । कम्पनीले यसै वर्ष पब्जीको नयाँ मोबाइल भर्सनलाई एन्ड्रोइड तथा आईओएसमा ल्याउँदै छ ।

कम्पनीले पब्जीलाई मोबाइल प्लेमा अप्टिमाइज गर्दै यसमा नयाँ भर्सनमा एक्सक्ल्युसिभ म्याप, अल्ट्रा रियालिस्टिक ग्राफिक्स लगायतका नयाँ फिचर प्रदान गर्नेछ ।

कम्पनीले पब्जी मोबाइलको नयाँ ट्रेलर पनि सार्वजनिक गरेको छ । ट्रेलरअनुसार नयाँ भर्सनमा ग्राफिक्स थप फेन्सी देखिन्छ । यसको गेमिङ अनुभव पनि अन्य ब्याटल रोयल जस्तै नै छ ।

‘पब्जी : न्यु स्टेट’ काे सेटिङ आजभन्दा ३० वर्षपछिको भविष्यमा आधारित बनाएको दाबी गरिएकाे छ । कम्पनीले पब्जीको मोबाइल भर्सनमा नयाँ प्रविधि ग्लोबल इल्युमिनेसनको प्रयोग गरेको छ ।

जसका कारण यसमा उत्कृष्ट ग्राफिक्सकाे अनुभव लिन पाइन्छ । साथै खेलाडीहरुलाई आफ्नो हतियार परिवर्तन गर्ने नयाँ विपन कस्टमाइजेसन फिचर पनि उपलब्ध हुनेछ ।

यस भर्सनका लागि सबैभन्दा ठूलो फिचर भनेको यसमा सिरिजका लागि ब्राण्ड न्यु म्याप पनि छ । पब्जीको यो नयाँ भर्सन भारत, चीन र भियतनामका लागि उपलब्ध हुने छैन । हाल यो प्लेस्टोरमा प्रि रजिस्ट्रेसनका लागि उपलब्ध छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable