अब राष्ट्र बैंक पनि सामाजिक सञ्जालमा

0 Prakash Kharel

अब नेपाल राष्ट्र बैंकले समेत सामाजिक सञ्जाल प्रयोगमा ल्याउने भएको छ । हालसम्म सामाजिक सञ्जालमा कुनै पनि उपस्थिति नरहेको नेपालको केन्द्रीय बैंकले अब भने औपचारिक रुपमा नै सामाजिक सञ्जाल प्रयोग गर्ने भएको हो ।

यसका लागि राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति, २०७७ नै सार्वजनिक गरेको छ । जसमा बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने उल्लेख छ ।

सामाजिक सञ्जाल सञ्चालनको काम प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गभर्नर कार्यालय अन्तर्गत रहेको सूचना तथा सञ्चार समन्वय महाशाखाले गर्नेछ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable