नागरिक एप चलाउन टेलिकमले दिन थाल्यो निःशुल्क डेटा

0 Prakash Kharel

नेपाल टेलिकमको नेटवर्कमा नागरिक एप चलाउँदा अब डेटा शुल्क नलाग्ने भएको छ । टेलिकमले आफ्नो नेटवर्कबाट नागरिक एप प्रयोग गर्दा शुल्क नलाग्ने गरी सिस्टममा एकीकृत गरेको हो ।

नागरिकलाई सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । उक्त एप सम्पूर्ण नागरिकको पहुँचमा सहजै र सर्वसुलभ रुपमा पुर्‍याउने उद्देश्यका साथ सरकारले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघमा दिएको निर्देशनका आधारमा दूरसञ्चार प्राधिकरणले अघिल्लो हप्तामात्रै सेवा प्रदायकलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र जारी गरेको थियो ।

तर नेपाल टेलिकमले परिपत्र जारी हुनु अगाडि नै नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने बनाइसकेको जानकारी दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

उनका अनुसार टेलिकमले माघ ६ गतेदेखि नै नागरिक एप चलाउँदा आफ्नो नेटवर्कमा कुनै शुल्क नलाग्ने बनाएको हो । तर, एनसेल र स्मार्ट टेलिकमले भने यस विषयमा हालसम्म कुनै जानकारी दिएका छैनन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable