एसिया क्षेत्रमा मोबाइल प्रविधिको इकोसिस्टम तयार पार्दै ह्वावे

0 Prakash Kharel

ह्वावेले मोबाइल सर्भिस इकोसिस्टमका लागि विकासकर्ता तथा साझेदारलाई सशक्त बनाउन सिंगापुरको एसिया प्यासिफिकमा आफ्नो पहिलो डिजिक्स (DIGIX) ल्याब सञ्चालनमा ल्याएको छ । प्रविधि इकोसिस्टमको विकास र एसिया प्यासिफिक क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउन कम्पनीले उक्त ल्याब अघि बढाइएको हो ।

एसिया प्यासिफिक क्षेत्रमा भइरहेको प्रविधिको विकासमा सिंगापुरले खेलेको भूमिकालाई मध्यनजर गर्दै ह्वावेले यस क्षेत्रको मोबाइल ईकोसिस्टमलाई बढावा दिन उक्त ल्याब सञ्चालनमा ल्याएको हो ।

ह्वावे मोबाइल सर्भिसका लागि आवश्यक कोर किट्सका साथै अन्य प्रविधियुक्त उक्त ल्याबमार्फत विकासकर्तालाई उनीहरुको मोबाइल एप विकासका क्रममा सहयोग पुर्‍याउने उल्लेख गरिएको छ ।

‘डिजिक्स ल्याबले एप विकासका टुलहरुबाट विकासकर्तालाई सहज बनाएर उनीहरुलाई निखार्न मद्दत गर्नेछ,’ ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले भने, ‘यसले डिजिटल स्पेसको भविष्यलाई सुदृढ गर्ने अपेक्षा कम्पनीको छ ।’

उनका अनुसार ह्वावेले एसिया प्यासिफिक क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउन, प्रविधि इकोसिस्टम विकास गर्न यस क्षेत्रका आफ्ना साझेदारसँग मिलेर धेरै कार्यक्रम अघि बढाउने छ ।

डिजिक्स ल्याबसँगै ह्वावेले यस क्षेत्रमा आफ्नो मोबाइल इकोसिस्टमलाई अझ प्रभावकारी बनाउने एप ग्यालरीमा अधिक स्थानीय इन–डिमाण्ड एप ल्याउने घोषणा गरेको समेत उनले बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable