पानीबाट हाइड्रोजन निकालेर दुई वर्षमा मोटर कुदाउने तयारी

0 Prakash Kharel

नेपालमा दुई वर्षभित्र हाम्रै खोलानालाको पानीबाट उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौ विश्वविद्यालय (केयू) आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी निगम र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ । निगम र विश्वविद्यालयले भविष्यको ऊर्जाका रुपमा हाइड्रोजन महत्वपूर्ण ऊर्जा स्रोतका रुपमा हुनेदेखिए पछि यो क्षेत्रमा सक्रियता बढाएका छन् ।यसका लागि आयल निगमले पाँच करोड रुपियाँ केयूलाई उपलब्ध गराउनेछ । कार्यक्रम केयु अन्तर्गत स्थापित ग्रिन हाइड्रोजन ल्याबले सञ्चालन गर्ने जनाइएको छ ।

केयुका उपकुलपति प्राध्यापक डा. भोला थापाका अनुसार हाइड्रोजन उत्पादन तथा व्यवसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछ । आयातित खनिज इन्धनको कारोबार गर्ने सरकारी कम्पनी आयल निगम स्वदेशी स्वच्छ ऊर्जा हाइड्रोजनको आवश्यकता बोध गरेर सक्रियता देखाउनु सकारात्मक हो,” उहाँले भन्नुभयो,“ समग्र राष्ट्रिय अर्थतन्त्र र जलवाय मै प्रभाव पर्ने ऊर्जा व्यापारको नयाँ स्वच्छ आयम खोजी हुँदैछ ।”

केयु मातहत सञ्चालित उक्त कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छ । विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार तथा निगमले गर्नुपर्ने नीतिगत परिमार्जन तथा स्वीकार्यताका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।

यसका लागि हाइड्रोजनमा भइरहेको विश्वव्यापी अभ्यासको अध्ययन गर्ने ती देशमा अनुशरण गरिएका नीति र नेपालको अवस्थाका आधारमा उपयुक्त नीतिगत व्यवस्था कस्तो रहने भन्ने सुझाइने केयुका सहप्राध्याक डा. विराजसिँह थापाले जानकारी दिनुभयो । “यो अवधिमा हामीले निगम तथा सरकारलाई हाइड्रोजनको उत्पादन भण्डार तथा बजारीकरण गर्न लागि के कस्ता सुधार गर्ने अथवा नयाँ नीति लिने भन्ने प्रतिवदेन हामीले तयार गर्नेछौ,” उहाँले भन्नुभयो ।

हाइड्रोजन उत्पादनमा प्रयुक्त प्रविधिलाई नेपाल भित्र्याउने र त्यो प्रविधिलाइृ नेपालको अवस्था अनुसार स्वीकार्यता सृजना गर्न रुपान्तरण गर्नेसम्मको योजना यसमा बनाईएको छ । “विश्वमा यो क्षेत्रमा नयाँ नयाँ प्रविधि यो क्षेत्रमा विकसित छन । ती प्रविधि हामीले भित्राउनुपर्ने छ,” थापाले भन्नुभयो “यसकालागि हामीले कस्तो पूर्वाधार तयार गर्नु पर्छ र प्रविधिको उपयोगिता कसरी गर्न सकिन्न भन्नेमा पनि हामी काम गर्नेछौ ।”

नेपालमा हालसम्म हाइ«डोजनको व्यवसायिक उपयोगिता सुरु भइसकेको छैन । विश्व वजारमा रासायनिक मलउत्पादनदेखि साना तथा ठूला सवारी साधन सञ्चालन, ठूला कारखानाहरुमा व्यवसायिक रुपले हाइड्रोजन उपयोग गरिरहेका छन् । हवाईजहाज उत्पादक कम्पनीले एयरबसले विमानको हाइड्रोजन इन्जिन विकास गर्दैछ । नेपालमा पनि हाइड्रोजनको व्यवसायिक उपयोगिता प्रदर्शन(डेमो) गर्ने उद्देश्य पनि यसमा छ ।

योजना अनुसार हाइड्रोजन उत्पादन, भण्डारण र उपयोगका विधि आम समूदाय र सरोकारवालाले देखाउने योजना केयुको हो । हामी हाईड्रोजन उत्पादन गर्ने भण्डार गर्ने र त्यसको सवारी साधनमा प्रयोग गरेर प्रदर्शन गर्ने योजनामा काममा जुटेका छौ,” सहप्राध्यापक थापाले भन्नुभयो, दुई वर्षभित्र नेपालमा हाइड्रोजनबाट गाडी गुडेको देखाउनेछौं ।”

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable